प्रकाशित मिति : २०२०-०२-१० (अद्यावधिक मिति : २०२०-०६-१५)

राजस्व चुहावट नियन्त्रणको कार्यमा सहजीकरण र प्रभावकारिता ल्याउन यस कार्यालयले २०६९ सालदेखि कार्यालयको रुपमा कार्य सञ्‍चालन गर्दै आएको छ ।राजस्व चुहावट हुन नदिन, नियन्त्रण र रोकथाम कार्यलाई प्रभावकारी बनाउन राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन, २०५२ र नियमावली, २०७० तथा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र नियमावली, २०२० बमोजिम राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन सम्बन्धी कसुरमा अनुसन्धान, तहकिकात र अभियोजन गर्ने कार्य यस कार्यालयले गर्ने गर्दछ ।